शौरभको हत्या नै भएको दाबी, प्रहरीले प्रमाण नष्ट गरेको आरोप !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत शौरभ उप्रेतीको हत्या गरिएको आफन्तले दाबी गरेका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रहरीले अपराधीलाई उन्मुक्ति दिएको र प्रमाण नष्ट गरेको दाबी गरेको छ ।

मृतकका बुबा अर्जुन उप्रेतीले छोराको हत्यामा संलग्न अपराधीलाई कानूनअनुसार कारवाही गर्न सरकारसँग माग गरे ।

मृतककी आमा गोपिनी उप्रेतीले छोराका हत्यारालाई सरकारले कारवाही नगरेकामा दुःख व्यक्त गरिन । उनले प्रहरीले किटानी जाहेरी दिँदा पनि उजुरी दर्ता गर्न नमानेको बताएकी छन ।

तर प्रहरीले भने सौरभले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार