फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, डिजेल र मट्टितेल ३ रुपैया महंगियो !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। पेट्रोलियम पदार्थको मुल्य फेरी बढेको छ । नेपाल आयल निगमले सोमबार रातीदेखि लागु हुने गरी रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १४ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ भएको छ । यसपटक एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढेको छैन । गत महिना ग्यासको मुल्य २५ रुपैयाँ बढेको थियो ।

यसअघि बर्षौदेखि घाटामा रहेको निगम मुल्य बढाएपछि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७२ पैसा नाफामा जाने प्रवक्ता गोइतले बताए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले पनि नेपालमा महिना पिच्छे मुल्य बढाइने गरेको गोइतले दाबी गरे ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार