अग्रिम टिकट बुकिङ भोलिदेखि, कतिबेला पुग्ने बसपार्क ?


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । सरकारसँग लामो रस्साकस्सीपछि नेपाल यातायात व्यवसायी महासंघले भदौ ९ अर्थात मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ ।

शनिबार सरकारसँग भाडा बढाउने सहमतिपछि सोमबार बसेको यातायात व्यवसायीको निर्णयले अग्रिम बुकिङ खुलाउने निर्णय भएको हो ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडी भाडा बढाउन सहमति दिएपछि यातायात व्यवसायीले टिकट बुकिङ खुलाएका हुन ।

कतिबेला पुग्ने नयाँ बसपार्क ?

अग्रिम टिकट बुकिङ खुलाउने भएदेखि दशैँका लागि घर जाने यात्रु उत्साहित भएका छन । यसका लागि मंगलबार बिहानै ५ बजेदेखि नयाँ बसपार्कमा लाइन देखिनेछ ।

तर कम्तीमा पनि ३ दिनसम्म टिकट पाइने भएकाले बिहानै बिहानै बुकिङका लागि घण्टौ लाइन लाग्न नपर्ने यातायात व्यवसायीले बताएका छन ।

तपाईको प्रतिक्रिया