सर्वोच्चको पाँचौ आदेशमा रिहा भए प्रकाण्ड, के छ आदेशमा ?


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । सर्वोच्च अदाललको  आदेशमा नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) मंगलबार रिहा भएका छन् । सर्वोच्चको पाँचौ पटकको आदेशसँगै उनी आज रिहा भएका हुन् ।

न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो । सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

सर्वोच्च आदेशसँग प्रकाण्ड थुनामुक्त भएका छन् । यसपटक भने उनलाई प्रहरीले पुनः पक्राउ गरेको छैन ।

तपाईको प्रतिक्रिया