fbpx

एसिया कप क्रिकेट : नेपाली यु–१९ टोली बंगलादेश प्रस्थान


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली यु–१९ क्रिकेट टोली बिहिबार एसिया कपको लागि बंगलादेश प्रस्थान गरेको छ । अघिल्लो संस्करणमा भारतलाई हराएर सनसनी मच्चाएको नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । अघिल्लो संस्करणमा नोपल सेमिफाइनल सम्म पुग्न सफल भएको थियो ।

निकै उच्च प्रदर्शन गर्दै आएको युवा टोलीको बिदाईमा यसपटक क्रिकेटसँग सरोकार राख्ने कुनैपनि व्यक्तित्वको उपस्थिति रहेन । टिम क्लोज क्याम्पमा रहँदा बसेको होटल रमेशवारम गौशलाका मालिकले खेलाडीको बिदाई गरे ।

समूह ‘ए’ मा नेपालसहित अफगानिस्तान, भारत र युएईं रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, हङकङ, पाकिस्तान र श्रीलंका रहेका छन् । नेपालले २९ सेप्टेम्वरमा आफ्नो पहिलो खेलमा भारतसँग खेल्दै एसिया कपको शुरुवात गर्नेछ ।

१ अक्टोवरमा अफगानिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा २ अक्टोवरमा युएईंसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार