fbpx

आजदेखि सुपथ मूल्य पसल सञ्चालन !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । दशैँका र तिहारका लागि आजदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएका हुदै छन । सरकारले चाडपर्वलाई लक्षित गरेर सुपथ मुल्यका पसलहरु सञ्चालन गर्न लागेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ ठाउँमा पसल सञ्चालन गर्नेछ ।

दशैँसँगै तिहारका लागि कात्तिक २३ गतेसम्म पसल सञ्चालनमा रहनेछन । विभागका अनुसार, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । कतिपय स्थानमा भने विभागको नेतृत्वमा खाद्य, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानको संयुक्त पसल सञ्चालन हुँदैछ ।

यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ ।

साल्ट ट्रेडिङले उपत्यकाभित्र ९ स्थानमा स्टल र तीन घुम्ती पसल सञ्चालन गर्दैछ । उपत्यका बाहिरका आफ्ना २४ डीपो तथा कार्यालयबाट पनि उसले सामान बिक्री गर्ने प्रबन्ध मिलाएको छ ।

खाद्यले उपत्यकाका पाँच र देशभर रहेका आफ्ना सञ्जालहरुबाट खाद्य सामग्री वितरण गर्नेछ । विगत वर्षहरुमा खसी तथा च्यांग्रा बिक्री गर्ने गरेको खाद्यले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनेछ । खसीबोकाको बिक्री भने घटस्थापनाबाट मात्रै शुरु हुने उसले जनाएको छ ।

तपाईको प्रतिक्रिया