fbpx

राष्ट्रसङ्घ : प्रधानमन्त्री ओलीले के भने महासभामा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभालाई सम्बोधन गर्दै नेपालले स्वच्छ तथा निष्पक्ष निर्वाचनका माध्यमबाट निर्वाचित निकायहरूमा ४१ प्रतिशत महिलालाई स्थापित गरेको बताएका छन्।

बाँकी नौ प्रतिशत स्थान महिलाका निम्ति हासिल गर्न प्रतिबद्ध रहेको पनि उनले बताए। महासभामा बोल्दै ओलीले विश्व अर्थतन्त्रले गजब गरिरहेको भए पनि अतिकम विकसित मुलुकहरूमा विकासको अवस्था दयनीय भएको बताए।

ती मुलुकका निम्ति विगतमा वाचा गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धता अपेक्षानुरूप कार्यान्वयन नभएको उनले गुनासो गरे। उनले नेपालजस्ता देशले आफ्नो दोषविना पनि जलवायु परिवर्तनले निम्त्याएका खतराहरू खेप्न बाध्य हुनु परेको बताएका थिए।

ओली र गुटेरेजप्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन्। नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गरेका थिए।

सार्क मन्त्रिपरिषद्

भारतकी विदेशमन्त्री सुष्मा स्वराज पनि सो बैठकमा उपस्थित थिइन्। पाकिस्तानसँगको तिक्ततापूर्ण सम्बन्धका कारण केही समययता भारत दक्षिण एशियाली देशहरूको सङ्गठन सार्कका बैठकप्रति उदासीन रहँदै आएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार