fbpx

एसिया कप क्रिकेटको उपाधि भारतलाई, बंगलादेश ३ विकेटले पराजित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतले सातौ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । शुक्रबार राती भएको फाइनलमा बंगलादेशलाई ३ विकेटले हराउदै भारतले उपाधि जितेको हो ।

टस हारेर पहिले व्याटिग गरेको बंगलादेश ४८ ओभर ३ बलमा अलआउट हुदैँ २ सय २२ रन बनाएको थियो । बंगलादेशका लागि लिटन दासले शतक प्रहार गरे ।

टासले १२३ रन बनाए भने मेहेदी हसनले ३३ र सौम्य सरकारले ३२ रन बनाए । भारतका कुलदिप यादवले ३ तथा केदार जादवले २ विकेट लिए । २ सय २३ रनको सामान्य लक्ष्य लिएर जवाफी व्याटिंग थालेको भारतले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए भने दिनेश कार्तिकले ३७, महेन्द्र सिंह धोनीले ३६, केदार जादव र रवीन्द्र जडेजाले समान २३ रन जोडे ।

अन्तिम ओभरमा ६ रन चाहिएकोमा कुलदिप यादवले ४ तथा केदार जादवले २ रन जोडेका थिए । बंगलादेशका रुबेल हुसेन र मुस्ताफिजुर रहमानले समान दुई दुई विकेट लिए ।

फाइनल खेलमा शतक बनाएका बंगलादेशका लिटन दास म्यान अफ द म्याच बने । प्रतियोगितामा सर्वाधिक २ वटा शतक बनाएका भारतका शिखर धवन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने ।

तपाईको प्रतिक्रिया