fbpx

निर्मला हत्या प्रकरण : माईतीघरमा दबाबमूलक प्रदर्शन


Share This

नेपालबहस संवाददाता    

सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?

काठमाडौं । कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाहीको माग गदै राजधानीको माईतीघर मण्डलामा दबाबमूलक प्रदर्शन गरिएको छ।

निर्मला पन्तको न्यायका लागि स्वतः स्फुर्त रुपमा शनिबार राजधानीको माईतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । ‘सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा विवेकशील साझापार्टीका नेता तथा कार्यकता समेत सहभागि कार्यक्रममा घटनाको दुई महिना भईसक्दा पछि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकार विरद्ध नाराबाजी गरे।

छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनिकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए।

गृहमन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाईसकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार