fbpx

उद्योगी व्यवसायीविना प्रदेश समृद्ध बनाउन सकिँदैन !


Share This

नेपालबहस संवाददाता    

महेन्द्रनगर । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा लगानी वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।

धनुषा चेम्बर अफ कमर्सको प्रथम कार्य समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हुने भएकाले लगानीकर्ताको सुरक्षाका लागि लगानीमैत्री वातावरण बनाउन आफूहरु तयार रहेको बताए ।

प्रदेशलाई समृद्ध बनाउन सबै पक्षको उत्तिकै सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीलाई प्रदेश नं २ को उद्योग धन्दामा लगानी गर्न आग्रह गरे ।

उनले भने, “तपाईहरुको सहयोगबिना प्रदेशलाई समृद्ध बनाउनु सकिँदैन, यस प्रदेशमा लगानीको वातावरण हामी बनाउँछौँ, लगानीको सुरक्षा हामी दिन्छौँ ।”

असोज १९ गते सिमरामा लगानीकर्ताको विशेष भेला प्रदेश सरकारले गर्न लागेको जानकारी गराउदै उनले उक्त भेलाबाट औद्योगिक विकासका लागि प्राप्त हुने सुझावलाई प्रदेश सरकारले व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया