fbpx

डाक्टर भन्दै सुत्केरी महिलामाथि पनि बलात्कार प्रयास !


Share This

नेपालबहस संवाददाता    

तेह्रथुम । अस्पतालमा प्रसुति गराउन आएकी २० वर्षे महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–३, वयरवनका ३० वर्षीय दीलिप भनिने दिपेश कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्कीले बिहीबार जिल्ला अस्पतालमा अपरेसनबाट प्रसुति गराई वार्डमा रहेकी महिलालाई राति १० बजे शौचालय गएको मौका छोपी जबरजस्ती करणीको प्रयास गरेका थिए ।

उनले आफू अस्पतालको डाक्टर भएको र घाउ सफा गरिदिने भन्दै झुक्याएर गोप्य अंङ्गहरुमा हात पु¥याएपछि आफूले प्रतिकार गरेको पीडित महिलाले बताएकी छिन् ।

प्रहरीले कार्कीलाई बिहीबार राति नै पक्राउ गरेको थियो । शुक्रबार उनीविरुद्ध जबरजस्ती करणी उद्योग अपराधमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी टेकबहादुर कार्कीले बताए ।

तपाईको प्रतिक्रिया