fbpx

प्रेस युनियनको अध्यक्षमा पहिलो पटक महिला पत्रकार विजयी


Share This

नेपालबहस संवाददाता    

भद्रपुर । नेपाल प्रेस युनियन झापाको अध्यक्ष पदमा पहिलोपटक पत्रकार महिला इन्दु पूर्वेली निर्वाचित भएकी छन । युनियनको नवौँ जिल्ला अधिवेशनका क्रममा साँझ सम्पन्न निर्वाचनमा ६४ मत प्राप्त गरी पूर्वेली निर्वाचित भएकी हुन ।

अध्यक्ष पदका अर्का प्रतिष्पर्धी राजेन्द्र गौतमले ४१ मत प्राप्त गरेका थिए । इन्दु पूर्वेली विर्तामोडबाट प्रकाशित हुने जनआन्दोलन साप्ताहिककी सम्पादक हुन ।

नेतृत्वका लागि सहमतिको प्रयास भए पनि अन्तिममा गौतम र पूर्वेलीबीच अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धा भएको थियो । कूल मत १२७ मध्ये १०६ मत खसेको थियो भने एक मत बदर भएको थियो ।

युनियन झापाको इतिहासमा यो नै पहिलोपल्ट लोकतान्त्रिक चुनावी प्रक्रियाबाट अध्यक्ष छानिएको हो । झापाको इतिहासमा पत्रकारको सङ्गठनमा महिलाले अध्यक्ष पद सम्हाल्ने अवसर पाएको पनि यो पहिलो पटक हो ।

उपाध्यक्ष पदमा दमकका गिरिराज भट्टराई र मेचीनगरकी सुष्मा राजवंशी सर्वसम्मत चयन भएकी छन। सचिवमा डिल्लीराम घोर्साइ, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्ष पदमा ओमप्रकाश भट्टराई चयन भएका छन ।

तपाईको प्रतिक्रिया