fbpx

चेल्सीसँग बराबरीपछि लिभरपुलले शीर्ष स्थान गुमायो


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन । निकै प्रतिष्पर्धात्मक मानिएको खेलमा दुबै टोलीले बराबरी खेलेका हुन ।

खेलमा अग्रता भने चेल्सीले लिएको थियो । चेल्सीका लागि इडेन हजार्डले खेलको २५ मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए ।

तर खेल सकिन एक मिनेट बाँकी छदा ड्यानिएल स्टुरिजले गोल गरेपछि लिभरपुलको हार टरेको हो । दुबै टोली आक्रामक र रक्षात्मक रणनीतिमा खेलेपछि जित निकाल्न कठिन भएको हो । बराबरीपछि लिभरपुलले भने शीर्ष स्थान गुमाएको छ ।

७ खेलबाट १९ अंक जोडेको लिभरपुल दोश्रो स्थानमा झरेको छ भने समान खेलबाट १९ अंक नै भएपनि म्यान्चेष्टर सिटी गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

गएरातीको खेलमा सिटीले ब्रिंघटोनलाई हराएको थियो । सिटीले यो सिजन पहिलोचोटी शीर्ष स्थानमा पुग्ने मौका पाएको हो ।

तपाईको प्रतिक्रिया