fbpx

प्रधानमन्त्री सान होजे पुगे, कोस्टारिकाका उपराष्ट्रपतिद्धारा स्वागत


Share This

नेपालबहस संवाददाता    

सुरेन्द्रबहादुर नेपाली/रासस

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजे आइपुगेका छन ।

उनलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गरेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छन ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन ।

तपाईको प्रतिक्रिया