fbpx

ला लिगामा रियल र बार्सिलोनाको खेल खस्किदै, दुबैको बराबरी !


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा विश्वकै उत्कृष्ट क्लबको दर्जा पाएका बार्सिलोना र रियल मड्रिडको प्रदर्शन खस्किदै गएको छ ।

शनिबार रातीका खेलमा लिग लिडर बर्सिलोना र दोस्रो स्थानको रियल मड्रिड आ आफ्नो खेलमा बराबरीमा रोकिएका छन् । दुबै टोलीको यो लगातार दोश्रो बराबरी हो ।

बार्सिलोनाले एथलेटिकसँग १–१ गोलको बराबरी खेलेको हो । एथलेटिकका ओस्कर डि मार्कोसले गोल गर्दै ४१ औं मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा १ गोल फर्काउँदै बराबरी गर्न सफल भएको हो ।

बार्सिलोनका लागि लियोनल मेस्सीको पासमा ८४ औं मिनेटमा मुनिरले गोल गर्दै बार्सिलोनाको सम्भावित हार टारेका थिए । बराबरीसँग १४ अंक सहित शीर्ष स्थानमा रहँदा एथलेटिक क्लब भने ७ अंक सहित १४औं स्थानमा छ ।

उता दोस्रो स्थानको रियल मड्रिड पनि एथलेटिको मड्रिडसँग गोल रहित बराबरीमा रोकिँदै तालिकमा एक अंक थप गरेको छ । समान १४ अंक भए पनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा रहेको हो ।

शनिबार रातिनै ला लिगा अन्तर्गतका खेलमा भ्यालेन्सियाले रियल सोसिडाड माथि १–० को जित निकालेको छ ।

तपाईको प्रतिक्रिया