fbpx

युभेन्ट्सको जितमा रोनाल्डो चुके, पीएसजीमा नेयमारको दुई गोल


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । इटालिएन सिरिए फुटबलमा युभेन्टस, इन्टर मिलान र रोमा विजयी भएका छन् । रोनाल्डो गोल गर्न चुकेको खेलमा युभेन्टसले नापोली माथि ३–१ को जित निकालेको हो । युभेन्ट्सका लागि मारियो मान्डुकिजले दुई तथा लियोनार्दो बुन्सिले एक गोल गरे ।

 जारी सिजनमा युभेन्टस अपराजित रहँदै २१ अंक सहित शीर्ष स्थानमा छ । पराजित भएको नापोली १५ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा इन्टर मिलानले कालगिरि माथि २–० को जित निकालेको छ । रोमाले लाजियो माथि ३–१ को जित निकालेको छ ।

नेयमारको दुई गोलमा पीएसजीको जित

नेयमारले दुई गोल गरेपछि फ्रेन्च लिग वनको लिडर पेरिस सेन्ट जर्मेन पीएसजी विजयी भएको छ । पीएसजीले १० खेलाडीमा सिमित नाइसमाथि ३–० को जित निकालेको हो ।

पीएसजीका लागि नेयमारले दुई गोल गरे भने क्रिष्टोफर एनकुंकुले एक गोल गरे । नेयमार फ्रेन्च लिगमा ७ गोलसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन ।

तपाईको प्रतिक्रिया