fbpx

निर्मला हत्या प्रकरण : धर्ना र प्रदर्शन जारी


Share This

नेपालबहस संवाददाता    

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरण घटनाका दोषी पत्ता लगाउन र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

स्थानीय महिलाहरुले प्रतिवेदन सार्वजनिकको माग गर्दै मदनचोकमा धर्नासँगै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

शनिबारदेखि नागरिक संघर्ष समितिले महेन्द्रनगर बजारको मदन चोकमा सुरु गरेको धर्ना जारी छ । दबाबमूलक संघर्ष समितिले पनि आज महेन्द्रनगर बजारमा र्‍याली निकालेर जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले ज्ञापन पत्र बुझाएको छ ।

‘प्रतिवेदन सार्वजनिक गर्नुका साथै दोषी पत्ता लगाउनका लागि दवाव दिने उद्देश्यले हामी निरन्तर आन्दोलनमा लागिरहने छौं’ संघर्ष समितिकी संयोजक हेलेन श्रेष्ठले बताइन ।

ुछानबिन समितिको प्रतिवेदन किन सार्वजनिक गरिएन, यसमा केही न केही रहस्य लुकेको छ’ नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले आरोप लगाउँदै भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार