fbpx

१३ बर्षीया छोरीमाथि बलात्कार गर्ने बाबु प्रहरी हिराशतमा !


Share This

नेपालबहस संवाददाता    

ओखलढुंगा । आफ्नै १३ बर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन । छोरीलाई बलात्कार गर्ने गरेको गुनासो छिमेकीले प्रहरीलाई गरेका थिए । १३ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१३ वर्षीय छोरीलाई गएको शुक्रबार बलात्कार गरेर फरार रहेका बाबुलाई शनिबार पक्राउ गरी सोमबार मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

बालिकाले बाबुबाट पटक पटक बलात्कार भएको गुनासो गरेपछि छिमेकीले प्रहरीलाई उजुरी गरेका थिए । घरबाट भागेका आरोपितलाई प्रहरीले हिरासतमा राखेर अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया