fbpx

निर्मला हत्याबारे कांग्रेसले दियो प्रमाण, बम दिदीबहिनीबारे सरकार किन मौन ?


Share This

नेपालबहस संवाददाता    

डोटी । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्याका बारेमा सरकारले अहिलेसम्म दोषी उभ्याउन सकेको छैन ।

वास्तविक दोषी को थियो ? अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने निर्मलाको हत्यामा शंकास्पद व्यक्तिमाथि गम्भिर छानबिन गर्न माग गरेको छ ।

कांग्रेस नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याबारे बम दिदी बहिनीलाई सबै थाहा भएको बताएका छन । पूर्वमन्त्रीसमेत रहेका बलायरले बम दिदीबहिनीलाई केरकार गरे घटनाबारे सबै खुल्ने बताएका हुन । उनले डोटीमा पत्रकार सम्मेलन गरेर बम दिदी बहिनीमाथि छानबिन गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन ।

तपाईको प्रतिक्रिया