fbpx

बालिका बलात्कारको आरोपमा ६५ वर्षे बृद्ध पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बाँकेमा राम्रोसंग बोल्न नसक्ने १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिका-१८ की स्पष्ट रुपमा बोल्न नसक्ने बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपाकिा-१८ लब्धवाका ६५ वर्षीय मन्को गोडियालाई पक्राउ गरेको छ ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

डोटीमा ७४ वर्षीया वृद्धा महिला बलात्कृत

 उता सुदुरपश्चिमको डोटी बडिकेदार गाउँपालिका बस्ने ७४ वर्षीया वृद्धा महिला बलात्कृत भएकी छिन् । बडिकेदार गाउँपालिका वडा नम्बर ३ अन्तरगत सुनालेक मेहेली ग्रामिण सडक खण्डमा हिँड्दै गरेकी ७४ वर्षीय वृद्धि महिला जेष्ठ नागरिक दिवसका दिन बलत्कृत भएकी हुन् ।

महिला बाटोमा एक्लै हिँडिरहेको मौका छोपी बोगटान गाउँपालिका वडा नम्बर १ बस्ने २२ वर्षका गणेश भन्ने एकेन्द्रबहादुर धामीले सोमबार बलात्कार गरेको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ ।

वृद्ध महिलाले गुहार माग्दा गाउँलेहरुले बलात्कार गर्नेलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार धामीमाथि अनुसन्धान भइरहेको छ ।

धामीमाथि जबरजस्ती करणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुब्रबहादुर विष्टले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार