fbpx

साबिकको बिजेता नेपाल पहिलो खेलमै ताजिकिस्तानसँग पराजित


Share This

नेपालबहस संवाददाता    

ढाका । बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग २–० गोलले पराजित भएको छ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएको खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

पेनाल्टी गोलबाट पछि परेको नेपालले दोश्रो हाफमा पनि खराब प्रदर्शन गर्यो । जसको फाइदा ६८ औँ मिनेटमा ताजिकिस्तानका टुरीनोभ कोमरोनले उठाए । उनले हेडमार्फत गोल गरेका थिए । साबिक बिजेता नेपालले अब आउँदो शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया