fbpx

नेपालको ‘नौगेडी’ बङ्गलादेशमा देखाइने


Share This

नेपालबहस संवाददाता    

बेंशीशहर । बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ ।

भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो ।

आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक मञ्चन हुने समय तालिका आयोजकले दिएको छ ।

नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नौगेडी’ मञ्चन हुनेछ । नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गरेका हुन । उनका अनुसार नाटक मञ्चनका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ ।

भारतको कोलकातामा केही महीनाअघि आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी बङ्गलादेशका टोलीको सिफारिशमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा निमन्त्रणा गरिएको डा थापाले बताए ।

महोत्सवमा नेपालसँगै भारत, बङ्गलादेश, भूटानलगायत विभिन्न देशका नाटक मञ्चन हुने आयोजकले जनाएको उहाँले बताए ।

गत फागुनमा कोलकातामा आयोजित महोत्सवमा आदि, इत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको थियो । पानीघट्ट नेपालका आधा दर्जनभन्दा बढी ठाउँमा मञ्चन भइसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया