fbpx

आँखा लाग्यो : व्यापारीसँग ३० हजार घुस लिइरहेका प्रहरी हवल्दार पक्राउ !


Share This

नेपालबहस संवाददाता    

सर्लाही । भारतबाट समान ल्याउने व्यापारीसँग ३० हजार घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी हवल्दार नुरुल होदा अन्सारीलाई अख्तियार अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार पक्राउ गरेको छ।

अन्सारीलाई घुस लिँदै गर्दा मलंगवा वडा नम्बर–१० टावर चोकबाट रंगेहात पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ । पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानको लागि आयोगको इकार्इ कार्यालय बर्दिबास लगिएको छ ।

तपाईको प्रतिक्रिया