fbpx

कंलकीदेखि धादिङको सिम्लेसम्म जाम, यात्रुलाई सास्ती


Share This

नेपालबहस संवाददाता    

रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम

काठमाडौं । दशैं नजिकिए संगै नागढुंगा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रुले अहिले धेरै सास्ती खेप्नुपरेको छ । राती गाडी चलाउन रोक लगाएर सडक मर्मतको काम थालेपछि जाम बढ्दा यात्रुले झन् बढी सास्ती खेप्नुपरेको हो ।

केही दिनदेखि लगातार जाम हुँदै आएको यो सडकखण्डमा राती ८ बजेदेखि ५ बजेसम्म गाडी बन्द गरेर मर्मतको काम थालिएको छ । थानकोट–पिपलामोड सडकखण्डमा मर्मतको काम हुँदा रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम बढेको हो ।

काठमाडौं भित्रने गाडीको जाम कंलकीदेखि धादिङको सिम्लेसम्मै पुगेको ट्राफिक प्रहरीले जनाएको छ । सामान्य बेला सिम्लेबाट कलंकी आइपुग्न डेढदेखि दुई घण्टासम्म लाग्छ । अहिले ९-१० घण्टासम्म लाग्ने गरेको यात्रु र चालकले बताएका छन् ।

काठमाडौंबाट बाहिरिने गाडी भने जाममा बस्न नपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार