fbpx

समीरमानमाथि रहस्यमय चलखेल, सर्वोच्चको आदेशले प्रहरीलाई तनाव


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । रहस्यमय तबरबाट गुण्डा नाइके समीरमान बस्नेतलाई सरकारले मुस्तांग पुर्याएको छ । यद्यपी सर्वोच्च अदालतले उनलाई तीन दिनभित्रमा अदालतमा उपस्थित गराउन भनेपछि प्रहरीलाई तनाब भएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याका योजनाकार रहेका समीरमानलाई प्रहरीले गत बर्ष पक्राउ गरेको थियो । त्यसपछि अर्का गुण्डानाइके मनोज पुनलाई प्रहरीले इन्काउन्टर गरेको थियो ।

ललितपुरको नख्खु कारागारबाट मुस्तांग पुर्याइएका बस्नेतलाई सर्वोच्चले झिकाएपछि उनीमाथि रहस्यमय चलखेल भएको आशंका बढेको छ । निकै कडा सुरक्षाबीच मुस्तांग पुर्याएको प्रहरीले उनलाई फेरी काठमाडौँ ल्याउन लाग्दा सास्ती झेल्नु पर्ने भएको छ ।

न्यायाधीश दीपकराज जोशीको इजलासले बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।

ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो । आदेशसँगै सूचना पाएको तीनदिनभित्र बस्नेतलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको हो ।

तपाईको प्रतिक्रिया