fbpx

सिंहदरबार अगाडि गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन बिहीबार प्रदर्शन गरिएको छ ।

ब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् । निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको प्रहरीले बताए ।

विरोधमा मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढदै जाँदा पनि त्यसलाई नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

प्रर्दशनकारीहरुले निर्मला पन्तको हत्यासम्बन्धि उच्चस्तरीय छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘निर्मलाका लागि न्याय’ नामक अभियानले बुधबार पनि माईतीघर मण्डलामा प्रर्दशन गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार