fbpx

४ कक्षाकी छात्रामामाथि बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ


Share This

नेपालबहस संवाददाता    

सिन्धुपाल्चोक । १० बर्षीया छात्रामाथि बलात्कार गर्न खोजेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन । घटना सिन्धुपाल्चोकको सुकुटेको हो ।

सुकुटे माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत १० वर्षीया छात्रामाथि बलात्कार गर्न खोजेको आरोपमा सिरहा नवराजपुर गाउँपालिका घर भई विद्यालयमा पढाउँदै आएका भोगेन्द्र प्रसाद यादव पक्राउ परेका हुन ।

ट्युसन पढ्न गएकी छात्रामाथि ती शिक्षकले जबर्जस्ती गरेका थिए । बिहीबार साँझ छात्रामाथि बलात्कार प्रयास गरेका उनी शुक्रबार पक्राउ परेका छन ।

तपाईको प्रतिक्रिया