fbpx

कक्षा ११ को परीक्षाफल शनिबार प्रकाशित हुने !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा शनिबार प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार शनिवार ४ बजे नतिजा प्रकाशित हुनेछ ।

नतिजा सार्वजनिक गर्नका लागि शनिबार दिँउसो ४ बजे बोर्ड बैठक बोलाएका छन । अहिले उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने, विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेको छ । यो काम अन्तिम चरणमा पुगेकाले शनिबार नै नतिजा प्रकाशित हुने सम्भावना छ ।

गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी हुन पाँच लाख ४८ हजारले फाराम भरेका थिए । बोर्डले विगतको वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक गर्न लागेको हो ।

बोर्डले यसअघि कक्षा १२ को नतिजा पनि निर्धारित समय अघि र विज्ञान र अन्य संकायको नतिजा एकैपटक सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया