fbpx

जुवाडेको भागाभाग चल्दा दुई युवाको मृत्यु, प्रहरी स्तब्ध !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरीको एउटै उद्धेश्य हो । मानिसहरुलाई अपराधबाट जोगाउने र दोषीलाई कारबाही गर्ने । तर शुक्रबार राती प्रहरी आफैले नसोचेको घटना देख्नुपरेको छ ।

काठमाडौंको मुलपानीमा ठूलो जुवा खेल चलिरहेको सुचना पाएपछि घटनास्थल पुगेको प्रहरीले दुई जना युवाको मृत्यु देख्नु परेको छ ।

जुवा चलिरहेका बेला प्रहरी घटनास्थल पुगिसकेको सुइको पाएपछि जुवाडे भागेका थिए । तर भाग्ने क्रममा झ्यालबाट हाम फाल्दा दुई युवाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सरोज घले र सानुलाल तामाङ रहेका छन ।

उनीहरु घाइते थिए । प्रहरीले आफ्नै गाडीमा हालेर ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालसम्म पुर्यायो । तर पनि उनीहरुको ज्यान जोगिएन ।

घटनास्थलबाट साढे ४ लाख रुपैयाँसहित २० भन्दा बढी जुवाडे पक्राउ परेका छन । तर विना कारण दुई युवाको ज्यान गएकोमा प्रहरी स्तब्ध बनेको काठमााडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक डिएसपी होमेन्द्र बोगटीले बताए ।

प्रहरीले हेमा हेमा गुरुङ नामकी एक युवतीले जुवा खेलाउदै आएको भन्ने सुचना पाएको छ । ती युवती अहिलेसम्म पनि फरार रहेकी छन ।

तपाईको प्रतिक्रिया