fbpx

बौद्धका डिएस्पी राई डेढ लाख घुससहित पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पछिल्लो समय काठमाडौँभित्रैका प्रहरी अधिकारी रंगेहात पक्राउ पर्न थालेका छन् । कोटेश्वर र काँडाघारीका प्रहरी अधिकारी घुससहित पक्राउ परेको महिना दिन नपुग्दै महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी श्यामकुमार राई एक लाख ४० हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिँदालिँदै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली टंगालले बौद्धबाट पक्राउ गरेको हो ।

बौद्धका व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरीको आधारमा अख्तियारले निगरानी शुरु गरेको थियो । जसमा राई शनिबार बिदाको दिनमा उम्किन सकेनन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार