fbpx

डिआइजीका लागि ११ जना एसएसपी सिफारिस


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । एआइजी बढुवालगत्तै नेपाल प्रहरीका एसएसपीलाई पनि बढुवाका लागि सिफारिस गरिएको छ ।

११ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डीआईजीका लागि बढुवा गर्न शनिबार मात्रै बढुवा सिफारिस समितिले सिफारिस गरेको हो ।

डिआइजी हुने सुचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे छन । यस्तै दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् भने पूर्णचन्द्र जोशी चौथो नम्बरमा छन ।

यस्तै त्यसपछि तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन् ।

एआइजी ठुले राईको हस्ताक्षर रहेको समिति सचिवालयले विज्ञप्ती निलालेर ११ जन एसएसपीलाई डिआइजीका लागि सिफारिस गरिएको जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार