fbpx

प्रशान्त झाद्धारा हिन्दुस्तान टाइम्सबाट राजीनामा, यौन दुव्र्यवहारको आरोप !


Share This

नेपालबहस संवाददाता    

दिल्ली । भारतकै सर्वाधिक चर्चितमध्येको एक हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झाले पदबाट राजीनामा दिएका छन् । यद्यपी उनी हिन्दुस्तान टाइम्समै कार्यरत रहने व्यवस्थापन पक्षले जनाएको छ ।

हिन्दुस्तान टाइम्सको ब्यूरो चिफ रहेका झालाई संवाददातामै राखिएको पनि व्यवस्थापन पक्षले जनाएको छ । तर पुर्व सहकर्मीमाथि यौन दुव्र्यवहारको आरोप लागेका झालाई शुरुमा राजीनामा दिन लगाइएको बताइएको छ ।

विभागीय कारबाहीका रुपमा पनि झाको राजीनामालाई हेरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सो आरोपबारे छानबिन हुने र त्यतिञ्जेलसम्मका लागि झालाई जिम्मेवारीबाट हटाइएको भएपनि यसबारे हिन्दुस्तान टाइम्सले प्रष्ट पारेको छैन ।

तर पुर्व सहकर्मीबाट यौन दुव्र्यवहारको आरोप खेपेका झालाई उनीसँग भएको ट्वीटर च्याटसमेत बाहिरिएपछि तनाब बढेको छ ।

तपाईको प्रतिक्रिया