fbpx

लिम्बूवान् परिषद् वार्तामा बस्ने, विप्लव समुह के गर्छ ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । सङ्घीय लिम्बुवान् राज्य परिषद्ले आफूहरु सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गरी परिषद्का संयोजक सञ्जुहाङ पालुङ्वाले आफूहरुसँग सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गरे मात्र वार्ताको वातावरण बन्ने बताए ।

लिम्बुवान्लगायत आदिवासी जनजाति, मधेशी, दलित र मुसलमान तथा उत्पीडित जनताको अधिकारलाई स्थापित गर्नुपर्ने परिषद्को माग रहेको उनको भनाइ थियो ।

परिषद्ले २०६४ मा सरकारसँग भएको सम्झौता लागू गर्नुपर्ने तथा आत्मनिर्णयको अधिकारसहित स्वायत्त लिम्बुवान् राज्यको घोषणा हुनुपर्ने अडान राखेको छ ।

परिषद्ले आन्दोलनका क्रममा घाइते भएका तथा गिरफ्तारी तथा झूटा मुद्दा लगाइएका कार्यकर्ताको विनाशर्त रिहाइ तथा मुद्दा फिर्ता लिने काम हुनुपर्नेमा जोड दिएको छ ।

सरकारले केही समयअघि विभिन्न सशस्त्र तथा असन्तुष्ट दल वा पक्षसँग वार्ता गर्ने निर्णय गरेको थियो । त्यसको प्रक्रिया पनि शुरु गरेको सरकारले गतिलो वार्ता र सहमति भने कसैसँग गर्न सकेको छैन । यद्यपी अहिलेको सबैभन्दा चुनौतिपूर्ण मानिएको विप्लव पक्षसँग सरकारले के गर्छ हेर्न बाँकी छ ?

केही समयअघि विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरेर सास्ती दिएको सरकारले त्यसपछि चर्को आलोचना खेपेपछि वार्ता प्रक्रिया अगाडी बढाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार