fbpx

आदिवासी महिलालाई मात्रै कानूनी तालीम ! रहस्य के हो ?


Share This

नेपालबहस संवाददाता    

विराटनगर । प्रदेश नं १ का आदिवासी महिलालाई भूमिमाथिको कानूनी अधिकारबारे जानकारी दिने उद्देश्यले दुईदिने तालीम सम्पन्न भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घ निफको आयोजनामा भूमिमाथिको कानूनी अधिकार र व्यावहारिक पक्षका बारेमा जानकारी दिन तालीमको आयोजना गरिएको हो ।

राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घको महासचिव शान्ति देवानले जनजाति बसोबास रहेको भूमिको संरक्षण गर्न कानूनको जानकारी दिन यस्तो तालीम आयोजना गरिएको जानकारी दिए ।

तालीममा आदिवासी जनजातिको अधिकारको विषयमा छलफल हुनाका साथै नयाँ फौजदारी संहिताका विषयमा समेत जानकारी गराइएको थियो ।

तालीममा आदिवासी जनजाति समुदायका अगुवा ४० महिलाको सहभागिता थियो । तालीममा सहभागीले समुदायमा गएर उनीहरुले आफ्नो अधिकार स्थापित गर्नका लागि पहल गर्ने बताइएको छ ।

तालीमको सहजीकरण अधिवक्ता लक्ष्मी राई र नेफका कार्यक्रम संयोजक कमला थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया