fbpx

पत्रकार प्रशान्त झा पदमुक्त


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतकै सर्वाधिक चर्चितमध्येको एक हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झा पदमुक्त भएका छन्। आफ्नै समाचारकक्षमा कार्यरत महिला सहकर्मीबाट यौन हिंसाको आरोप लागेका झा मंगलबार पदमुक्त भएका हुन् ।

पत्रिकाको ‘राष्ट्रिय राजनीतिक सम्पादकरब्युरो चिफ’ पदबाट उनले सोमबार राजीनामा दिएका थिए । हिन्दूस्तान टाइम्सको नेतृत्वले उनलाई राजीनामा दिन भनेको र सोहीअनुसार झाले पद त्याग गरेको द न्युज मिनेट डट कमले उल्लेख गरेको छ।

हिन्दुस्तान टाइम्समै काम गर्ने अवान्तिका मेहेता नाम गरेकी महिला सहकर्मीले तथ्य प्रमाणसहित प्रशान्तद्वारा आफू पीडित भएको खुलासा गरेपछि पत्रिका र झाविरुद्ध नैतिक प्रश्न सोझिएको थियो।

दुई पुस्तकका लेखक उनीविरुद्ध अवान्तिकाले च्याट कुराकानीको स्क्रिनसटसहित तथ्य सार्वजनिक गरिदिएकी थिइन्। मी टू अभियान अन्तर्गत भारतमा यौन हिंसापीडित महिलाले आवाज सार्वजनिक गरिरहँदा यो घटना सार्वजनिक भएको थियो।

यो पनि :

प्रशान्त झाद्धारा हिन्दुस्तान टाइम्सबाट राजीनामा, यौन दुव्र्यवहारको आरोप !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार