fbpx

हुम्लामा पहिलो पटक अध्यागमन कार्यालय स्थापना !


Share This

नेपालबहस संवाददाता    

हुम्ला । छिमेकी मुलुक चीनसँगको सिमाना जोडिएको हुम्लामा पहिलो अध्यागमन कार्यालय स्थापना भएको छ । सङ्घीय सरकारका गृहमन्त्री रामबहादुर थापाले यहाँको हिल्सामा स्थापना गरिएको अध्यागमन कार्यालयको आज उद्घाटन गरेका थिए ।

कार्यालय स्थापना भएसँगै नेपाल प्रहरीबाट हेरिने अध्यागमनको काम अब निजामती कर्मचारीबाट हेर्न शुरु भएको हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जानकारी दिए ।

अध्यागमन कार्यालय स्थापना हुनु निकै उपलब्धिमूलक भएको बताउँदै गृहमन्त्री थापाले भने, “अध्यागमन कार्यालयको स्थापनासँग हिल्सा नाका अब कर्णाली प्रदेशको मात्रै नभएर सिङ्गो पश्चिम नेपालकै समृद्धिको नाकाका रुपमा औपचारिक ढङ्गले शुरु भएको छ ।”

हिल्सा नाकालाई खुला नाकाका रुपमा अघि बढाउने कुरा उल्लेख भए पनि खुला नाकाका रुपमा सञ्चालनमा नआएको हिल्सालाई नेपाल सरकारले निकै प्राथमिकता लिएको बताए ।

अध्यागमन कार्यालयको उद्घाटनका गृहसचिव, भन्सार विभागका महानिर्देशक, कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहितको उच्च अधिकारीसहित १५ जनाको टोली सुर्खेतबाट सिमिकोट हुँदै हिल्सा पुगेको थियो ।

तपाईको प्रतिक्रिया