fbpx

ओलीको व्यस्तताका कारण नेकपाको सचिवालय बैठक सर्‍यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक सरेको छ। आज ‘बुधबार’ बस्ने भनिएको बैठक २७ गतेका लागि सरेको हो।

आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

नेताहरुको व्यवस्ताका कारण बैठक सरेको जनाइएको छ। अध्यक्ष प्रचण्डकाका प्रेस सहयोगी विष्णु सापकोटाले प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक सरेको हुनसक्ने बताए। ‘अध्यक्ष प्रचण्डको भन्दा पनि प्रधानमन्त्रीको व्यस्ताले हुनसक्छ’, सापकोटाले भने।

नेकपाको सचिवालय बैठकले स्थायी समिति बैठकको मिति र कार्यसूचि तय गर्ने भनिएको थियो । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न स्थायी समिति बैठक बोलाउन माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार