अज्ञात समुहको गोली प्रहारबाट निर्मार्ण व्यवसाय महासंघका अध्यक्ष शरद गौचनको हत्या


Share This

नेपालबहस संवाददाता    

२३ असोज, काठमाडौं । निर्मार्ण व्यवसाय महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको छ । उनिमाथि राजधानी काठमाडौंको भिआइपी एरिया मानिने बानेश्वर शान्तिनगर क्षेत्रमा उनिमाथि दिन दहाडै गोली प्रहार भएको हो ।

उपचारका लागि सिभिल अस्पताल नयाँ बानेश्वर पु¥याइए पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले बतायो । उनिमाथि अज्ञात समुहले दुर्इ गोली प्रहार गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनको देब्रे कोखा र मुटुमा नजिक गोली लागेको छ ।

ब्यस्त सडकमै गोली प्रहार भएपछि अहिले बानेश्वर शान्तिनगर क्षेत्रका स्थानीय आतंकित भएका छन् । घटना लगत्तै प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान सुरू गरेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार