बेनी अस्पतालको सेवा विस्तार भएसँगै स्वास्थ्य सेवा लिनको संख्या बढ्यो


Share This

नेपालबहस संवाददाता    

२९ असोज, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ ।

जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको आफ्नो फार्मेसी सेवा सञ्चालनमा आएपछि अस्पतालमा बिरामीको भीड बढ्नुका साथै सेवा प्रवाह प्रभावकारी बनेको हो ।

निक साइमन्स इस्टिच्युटको सहयोगमा शल्यक्रियासहितको प्रसूति सेवा जिल्ला अस्पतालमै सञ्चालन गरेपछि हालसम्म १७४ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा धीरेन्द्रकुमार मल्लले बताए ।

उनले एपेन्डिसाइटिसको ३५, हाइड्रोसिल ६२, हर्निया ६५ र पाठेघरभन्दा बाहिर बच्चा बसेको छ वटाको सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिए । अहिले पनि मासिक रुपमा ६० देखि ७० वटासम्म हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्ने गरिएको छ भने हजारौँको सामान्यक शल्यक्रिया भइसकेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार