रोल्पा–दिल्ली सिधा बस सेवा शुरु


Share This

नेपालबहस संवाददाता    

३० असोज, काठमाडौं । रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो ।

सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतको नयाँ दिल्लीका लागि बस सेवा शुरु गरिएको छ ।

यसैगरी हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने व्यवस्था गरेको रोल्पा यातायात प्रालिले जानकारी दिएको छ । डिलक्स सेवाको आरामदायी बस रहेकाले यात्रा सुरक्षित र भरपर्दो हुने प्रालिले बताएको छ ।

यसअघि सो प्रालिले काठमाडौँ, नेपालगञ्ज र दाङजस्ता शहरमा दिवा र रात्रि बस सेवा शुरु गरेको थियो । प्रालिले जिल्लामै पहिलोपटक अनलाइन टिकट प्रणालीको समेत शुरुवात गरेको बताएको छ ।

यात्रुले ई सेवा प्रयोगकर्ता तथा नजिकको ई सेवा जोन प्वाइन्ट, अनलाइन पेमेन्ट, बस सेवा, आइएमइ एजेन्ट तथा विभिन्न स्थानमा रहेका इपेका किओस्क टर्मिनलबाट अनलाइन टिकट लिन सकिने बताइएको छ ।

जिल्लामा जलजला यातायात व्यवसायी समिति, जलजला यातायात प्रालि र रोल्पा यातायात प्रालिले जिल्लाका भित्री सडकका साथै प्यूठान, दाङ, नेपालगञ्ज, बुटवल र काठमाडौंसम्म सेवा पु¥याउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार