यस्तो छ, ६४ मन्त्री तथा राज्यमन्त्रीहरुको जिम्मेवारी, माओवादी भने अझै सरकार नछोड्ने मनस्थितीमा


Share This


नेपालबहस संवाददाता    361 Views

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गरी नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेकाहरुलाई विनाविभागीयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।

त्यस्तै राज्यमन्त्रीमा कुन्ती कुमारी शाही शहरी विकास, भास्कर भद्रा उर्जा, सुशिलकुमार श्रेष्ठ आपूर्ति र कान्ता भट्टराइलार्ई महिला, बालबालिका तथा समाज कल्याणको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण र सामान्य प्रशासन मन्त्रालयकोे जिम्मेवारी आफैँले लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को कार्यविभाजन यसप्रकार छ :
क्र.सं. नाम, थर पद कार्यविभाजन
१. शेरबहादुर देउवा प्रधानमन्त्री गृह, परराष्ट्र, पशुपंक्षी, विकास,
विज्ञान तथा प्रविधि, शान्ति तथा
पुनर्निर्माण र सामान्य प्रशासन
२. विजयकुमार गच्छदार उपप्रधानमन्त्री सङ्घीय मामिला तथा स्थानीय विकास
३. कमल थापा उपप्रधानमन्त्री ऊर्जा
४. कृष्णबहादुर महरा उपप्रधानमन्त्री विना विभागीय
५. गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री शिक्षा
६. गिरिराजमणि पोखरेल मन्त्री विना विभागीय
७. ज्ञानेन्द्रबहादुर कार्की मन्त्री अर्थ
८. फरमुल्लाह मन्सुर मन्त्री श्रम तथा रोजगार
९. जनार्दन शर्मा मन्त्री विना विभागीय
१०. दीपक बोहरा मन्त्री स्वास्थ्य
११. प्रभु साह मन्त्री विना विभागीय
१२. सुनिलबहादुर थापा मन्त्री उद्योग
१३. जयन्त चन्द मन्त्री आपूर्ति
१४. बिक्रम पाण्डे मन्त्री वन तथा भू–संरक्षण
१५. दिलनाथ गिरी मन्त्री सहरी विकास
१६. जितेन्द्रनारायण देव मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७. गोपाल दहित मन्त्री भूमिसुधार तथा व्यवस्था
१८. मोहनबहादुर बस्नेत मन्त्री सूचना तथा सञ्चा र
१९. रामकृष्ण यादव मन्त्री कृषि विकास
२०. महेन्द्र यादव मन्त्री खानेपानी तथा सरसफाइ
२१. अम्बिका बस्नेत मन्त्री सहकारी तथा गरिबी निवारण
२२. वीरबहादुर बलायर मन्त्री भौतिक पूर्वाधार तथा यातायात
२३. मीनबहादुर विश्वाकर्मा मन्त्री वाणिज्य
२४. यज्ञबहादुर थापा मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
२५. भीमसेनदास प्रधान मन्त्री रक्षा
२६. सञ्जायकुमार गौतम मन्त्री सिँचाइ
२७. राजेन्द्रकुमार के।सी। मन्त्री युवा तथा खेलकुद
२८. टेकबहादुर वस्नेत मन्त्री विना विभागीय
२९. शिवकुमार मण्डल केवट मन्त्री विना विभागीय
३०. महेन्द्रबहादुर शाही मन्त्री विना विभागीय
३१. आशा कोइराला मन्त्री विना विभागीय
३२. सन्तकुमार थारु मन्त्री विना विभागीय
३३. मिथिला चौधरी मन्त्री जनसङ्ख्या तथा वातावरण
३४. विक्रमबहादुर थापा मन्त्री महिला, बालबालिका तथा समाजकल्याण
३५. कुन्तीकुमारी शाही राज्यमन्त्री सहरी विकास
३६. मोहम्मद जाकिर हुसैन राज्यमन्त्री विना विभागीय
३७. रामसिंह यादव राज्यमन्त्री विना विभागीय
३८. श्यामकुमार श्रेष्ठ राज्यमन्त्री विना विभागीय
३९. शम्भुलाल श्रेष्ठ राज्यमन्त्री विना विभागीय
४०. कर्णबहादुर वि।क। राज्यमन्त्री विना विभागीय
४१. छमबहादुर गुरुङ राज्यमन्त्री विना विभागीय
४२. गोमा कुवर राज्यमन्त्री विना विभागीय
४३. ओङदी शेर्पा राज्यमन्त्री विना विभागीय
४४. सीता गुरुङ राज्यमन्त्री भौतिक पूर्वाधार तथा यातायात
४५. सरिता प्रसाईँ राज्यमन्त्री कृषि विकास
४६. शेषनाथ अधिकारी राज्यमन्त्री शिक्षा
४७. नरबहादुर चन्द राज्यमन्त्री वाणिज्य
४८. अब्दुल रज्जाक गद्दी राज्यमन्त्री खानेपानी तथा सरसफाइ
४९. तप्ततबहादुर विष्ट राज्यमन्त्री सूचना तथा सञ्चा र
५०. अमरसिंह पुन राज्यमन्त्री सिँचाइ
५१. दिलमान पाख्रिन राज्यमन्त्री कानुन, न्याय तथा संसदीय मामिला
५२. उदय शम्शेर राणा राज्यमन्त्री अर्थ
५३. डिल्लीबहादुर चौधरी राज्यमन्त्री श्रम तथा रोजगार
५४. तेजुलाल चौधरी राज्यमन्त्री युवा तथा खेलकुद
५५. चम्पादेवी खड्का राज्यमन्त्री सहकारी तथा गरिबी निवारण
५६. जनकराज चौधरी राज्यमन्त्री सङ्घीय मामिला तथा स्थानीय विकास
५७. सुमित्रा थरुनी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
५८. यशोदाकुमारी लामा राज्यमन्त्री भूमिसुधार तथा व्यवस्था
५९. रेसमबहादुर लामा राज्यमन्त्री उद्योग
६०. विराज विष्ट राज्यमन्त्री विज्ञान तथा प्रविधि
६१. कमलादेवी शर्मा राज्यमन्त्री वन तथा भू९संरक्षण
६२. भाष्कर भद्रा राज्यमन्त्री ऊर्जा
६३. सुशीलकुमार श्रेष्ठ राज्यमन्त्री आपूर्ति
६४. कान्ता भट्टराई राज्यमन्त्री महिला, बालबालिका तथा समाजकल्याण

माओवादी सरकारबाट तत्काल नहट्ने

नेकपा (माओवादी केन्द्र)ले तत्काल सरकारबाट हट्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले तत्काल आफूहरु सरकारबाट नहट्ने जानकारी दिएका हुन् । गृहमन्त्रीले भने “निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भयो । निर्वाचन सार्ने विषय आफूहरुलाई मान्य हुँदैन । तत्काल हामी सरकार छाड्दैनौँ ।”

कसले निर्वाचन कसरी सार्दैछ भन्नेबारेमा भने गृहमन्त्री शर्माले कुनै जानकारी दिएनन् । उनले भने “निर्वाचन सर्दैछ भन्ने जानकारी आएको हो । त्यसबारेमा थप जानकारी केही समयपछि थाहा पाइहाल्नुहुन्छ ।”

आफ्नो पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले सरकारबाट फिर्ता भएको पत्र लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने क्रममै निर्वाचन सर्दैछ भन्ने जानकारी आएपछि पत्र बुझाउने काम स्थगन भएको उनको भनाइ छ ।

सरकारबाट आफूहरु फिर्ता हुने जानकारीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री महरा सरकारबाट फिर्ता हुन लागेको जानकारी गराउने कार्यक्रम थियो । उपप्रधानमन्त्री महरा देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गर्नुहुन्छ ।
गृहमन्त्री शर्माले निर्वाचन सुनिश्चितता भए आफूहरु एक मिनेट पनि सरकारमा नबस्ने प्रष्ट पारे । मन्त्री शर्माले भने “हामीलाई मन्त्री खान लोभ छैन, तर निर्वाचन सुनिश्चितता हुनुपर्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार