कलैयामा बम विस्फोट, चितवनबाट विप्लपका इन्चार्ज बिसी पक्राउ


Share This

नेपालबहस संवाददाता    

४ मंसिर, काठमाडौं । आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताएका छन् ।

निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नंको जिपमा विस्फोट भएकामा मानवीय क्षति नभई गाडीमा सामान्य क्षति भएको छ ।

इन्चार्ज बिसी पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।

चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनाव विरोधी अभियान थालेको छ । देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणका घटनासमेत भएका छन् ।

चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यक्रता पक्राउ गरेको जनाएको छ । यसअघि चितवन प्रहरीले टाँडी र भरतपुरबाट सोही पार्टीका दुई जनालाई नियन्त्रणमा लिएकोे थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार