लोकतन्त्र रक्षाका लागि काँग्रेसलाई मतदान गर्न आग्रह


Share This

नेपालबहस संवाददाता    

१८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षा गर्नका लागि काँग्रेसलाई बलियो बनाउन आवश्यक रहेको दोहो¥याएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज काँग्रेस क्षेत्र नं २ (ख) ले आयोजना गरेको चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने भएकाले काँग्रेसलाई बलियो बनाउन आवश्यक रहेकामा जोड दिए ।

उपप्रधानमन्त्री गच्छदारले वाम गठबन्धनले संविधानलाई उल्ट्याएर देशमा निरंकुश शासन ल्याउन खोजेको समेत आरोप लगाए । कार्यक्रममा पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं २ (ख) का उम्मेदवार राजीव कोइरालाले काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे ।

यता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राष्ट्रको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

काँग्रेस क्षेत्र नं १ द्वारा आज गोदावरीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशमा लगानीमैत्री वातावरण बनाउन समेत सो गठबन्धनलाई जिताउनुको विकल्प नरहेको भनाइ राखेका थिए ।

सो अवसरमा अर्थराज्यमन्त्री एवम् १ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशम्शेर राणाले आफ्नो पहिलो रोजाइ भनेकै जनमुखी काम गरेर जनताको सेवा गर्नु रहेको बताए ।

विस २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएपछि संविधान निर्माणमा आफूले उल्लेखनीय भूमिका खेलेको र अनगिन्ती विकासका काम गरेको उनको भनाइ थियो ।

क्षेत्र नं १(क) वाट सोही गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार ऋषिराम घिमिरेले बाटो, शिक्षा, स्वास्थ्य, रोजगारी आफ्नो प्रमुख कार्यसूची भएको बताए । क्षेत्र नम्बर १(ख) बाट सोही गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार मीनकृष्ण महर्जनले युवालाई रोजगारी, कृषकको सम्मान, खेलकुदको विकास, गरीबको सेवा नै आफ्नो पहिलो काम हुने बताए ।
गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले वाम गठबन्धन हुनु नै विकास र समृद्धिलाई अवरोध गर्नु रहेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार