झापा क्षेत्र नं ४ मा वाम गठबन्धन विजयी


Share This

नेपालबहस संवाददाता    

२४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको सम्पन्न निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ ।

प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट नेकपा(एमाले) का उम्मेदवार लालप्रसाद साँवा लिम्बू (एलपी साँवा) ४३ हजार ४१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत प्राप्त गरे ।

यसैगरी, प्रदेशसभामा सोही निर्वाचन क्षेत्रको (क)मा नेकपा (माओवादी केन्द्र) का झलकबहादुर मगरले १७ हजार २५६ मत प्राप्त गरी विजयी भएका छन् भने (ख) मा नेकपा(एमाले) का हीराकुमार थापाले २४ हजार ९०१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनीहरुका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका (क) मा किरण भट्टराईले १४ हजार ४८१ र (ख)मा नेपाली काँग्रेसकै उत्तमकुमार शर्मा सुवेदीले १४ हजार ९६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार