काँग्रेस महामन्त्री कोइराला र कण्डेल विजयी


Share This

नेपालबहस संवाददाता    

२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी बनेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५२३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ बाट नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कण्डेलले ३४ हजार १३० मत प्राप्त गरी विजयी बने ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम यादवले २३ हजार ८९८ मत प्राप्त गरेका थिए । कण्डेलले यादवसँग १० हजार २३२ मतअन्तरले विजयी बनेका हुन् ।

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ बाट नेकपा (एमाले)का उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णु काकीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए ।

बारा १ मा काँग्रेसका चौधरी विजयी
बारा निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका उमाकान्त चौधरीले २४ हजार ४५० मत ल्याइ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अच्युत मैनालीले २२ हजार ३० मत ल्याएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ को (ख) प्रदेशसभा सदस्य पदमा राजपा (नेपाल)का दीपेन्द्र सोनल १३ हजार ११८ मत ल्याइ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुसुवाहाले पाँच हजार ८९७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार