मगर र महासेठ भारी मतले निर्वाचित


Share This

नेपालबहस संवाददाता    

२५ मंसिर, काठमाडौं । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित भएकी छिन् ।

उनले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गरेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । उनले दिएको जानकारीअनुसार निर्वाचित बिनाले ३८ हजार ४६७ र नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरेका छन् ।

यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा नेकपा (एमाले) का अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भएका थिए । २०७० सालको संविधानसभाको निर्वाचनमा मगर काँग्रेसकी विष्टसँग पराजित भएकी थिइन् ।

धनुषा ४ मा एमालेका महासेठ विजयी

प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा (एमाले)का रघुवीर महासेठ विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले २२ हजार ५३२ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार