बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा


Share This

नेपालबहस संवाददाता    

२५ मंसिर, काठमाडौं । महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ ।

आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको हो ।

घोषित परिणामअनुसार महोत्तरी–१ को क मा नेकपा (एमाले)की शारदादेवी थापा प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छिन् । थापाले १० हजार २८२ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली (काँग्रेस)का प्रल्हाद क्षत्रीले नौ हजार ३१ मत प्राप्त गरेएको जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको छ ।

त्यसैगरी महोत्तरी–२ को क बाट राजपा नेपालका जयनुल राइन विजयी भएका छन् । राइनले १४ हजार ४५६ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशीलकुमार यादवले छ हजार ४७८ मत प्राप्त गरे ।

यस्तै महोत्तरी–४ को क मा संघीय समाजवादी फोरमका कौशलकुमार यादव विजयी भएका छन् । विजयी यादव नौ हजार २७७ र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोखुल रायले सात हजार ३९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

महोत्तरीमा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं ३ मा राजपा नेपालका संयोजक महन्थ ठाकुर विजयी भएको आइतबार साँझ नै घोषणा भइसकेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार