मतदातालाई धन्यवाद दिन घर–घरमा सांसद


Share This

नेपालबहस संवाददाता    

२७ मंसिर, काठमाडौं । भर्खरै मात्र निर्वाचित भएका सांसद गाउँ–शहर घर–घर पुगेका छन् ।

आफूलाई भोट दिएर विजयी गराउने जाजरकोटका मतदातालाई धन्यवाद दिन गाउँमा गएको पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए ।

गाउँमा स्थानीयका माग र सल्लाह, सुझाव लिन गाउँगाउँमा गएको उनको भनाइ छ । आज दिउँसो पश्चिमको थलहमा मतदातालाई धन्यवाद दिन जनसभा नै गर्नलागिएको छ ।

मंगलबार सदरमुकामलगायतका ठाउँमा कार्यकर्ता र जनतासँग भेटघाट गरी गाउँतर्फ लागिएको अर्का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । जनतालाई धन्यवाद दिन गएका सांसदलाई अधिकांश स्थानीयले पार्टी एकता कहिले हुन्छ ? भन्दै प्रश्न गर्न थालेका छन् ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार दमक नगरपालिकाले ४० केजीको माला लगाएर स्थानियले सम्मान गरेका छन् ।

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजविराजको गजेन्द्रचोकमा मंगलबार राजपा–फोरमको मधेसी गठबन्धनद्वारा निकालिएको विजयी जुलुसलाई सम्बोधन गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विजयी उम्मेदवारहरु चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि मंगलबार मतदातालाई धन्यबाद दिन आयोजना गरिएको विजय जुलुसमा सहभागी भएका थिए ।

नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली काँग्रेसका नेता देवेन्द्रराज कण्डेलसहित प्रदेशसभा सदस्यहरु विजय उत्सवमा सहभागी भएका थिए ।

सांसदलाई भेटेर ज्ञापनपत्र बुझाएर महिला, युवाले दुर्गमलाई सुगम बनाउन, महिलामैत्री र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिन आग्रह गरेका छन् । स्थानीयबासीले चुनावको बेला उठाएका एजेण्डा नभुल्नसमेत आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार