नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि, कालिकोटमा माओवादी


Share This

नेपालबहस संवाददाता    

२७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ ।

गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् ।

प्रत्यक्षतर्फको छवटै सिट गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार ८५० मत ल्याएर तेस्रो भएको छ ।

प्रतिनिधिसभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा काँग्रेस पहिलो भएको छ भने क्षेत्र नं २ मा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा २३ हजार २९५ मतसहित काँग्रेस पहिलो, १८ हजार ५१२ मतसहित माओवादी केन्द्र दोस्रो र १४ हजार ३५३ मतसहित एमाले तेस्रो भएको छ ।

क्षेत्र १ को प्रदेशसभातर्फ प्रदेशसभा (क) मा काँग्रेसले १२ हजार २६, माओवादी केन्द्रले १० हजार ६४६ र एमालेले पाँच हजार ३३२ मत ल्याएको छ । प्रदेश (ख) मा नेपाली काँग्रेसले ११ हजार २६९, एमालेले आठ हजार ७८३ र माओवादी केन्द्रले सात हजार ८६६ मत ल्याएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले २५ हजार २५६, काँग्रेसले २४ हजार १६०, माओवादी केन्द्रले नौ हजार ३३८ मत ल्याएको छ ।

क्षेत्र नं २ को प्रदेश (क) मा एमालेले १२ हजार २२९, काँग्रेसले १० हजार ८७२ र माओवादी केन्द्रले पाँच हजार १०९ मत ल्याएको छ । यस्तै, प्रदेश (ख) मा काँग्रेसले ११ हजार ५६३, एमालेले १० हजार ७२२ र माओवादी केन्द्रले पाँच हजार २६२ मत ल्याएका छन् ।

कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि
पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा (एमाले)ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा (प्रजातान्त्रिक) एक हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताएका छन् ।

उनले प्रदेशसभा (क)मा नेकपा (माओवादी केन्द्र)को चार हजार ७९७, एमाले चार हजार ६०० र नेपाली काँग्रेसलाई एक हजार ५६० मत प्राप्त भएको बताए ।

त्यसैगरी, प्रदेशसभा क्षेत्र (ख)मा माओवादी केन्द्रले छ हजार १८, एमाले पाँच हजार ४३९ र काँग्रेसले चार हजार ५७० मत प्राप्त गरेका छन् । कालीकोटमा समानुपातिकतर्फ ४२ हजार ७४० मत खसेको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा (क)मा एमालेका कुर्मराज शाही र प्रदेशसभा (ख)मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार