नेपाल इन्भेष्टर्स फोरमको बिज्ञप्ती पछि बजार दोहोरो अंकले बढ्यो


Share This

नेपालबहस संवाददाता    

१७ पुस, काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमको प्रतिनिधिमण्डल र नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरुबीच आइतबार सेयर बजार निरन्तर ओरालो लागिरहेको सन्दर्भमा वृहदरुपमा छलफल भएपश्चात सोमबार कारोबार खुलेको १ घण्टा नवित्तदै शेयर बजार दोहोरो अंकले बढेको छ । छलफलमा बैंकहरुलाई ब्रोकर लाईसेन्स, मार्जिन कर्जा र मार्जिन कल, मार्जिन कर्जाको ब्याजदर, हकप्रद र बोनसमामार्जिन गणना गर्ने बिधि, बित्त र धितोपत्रबजारका समस्या समाधानमा सहकार्य गर्ने बिषयमा बैंकर्सहरुको ध्यानाकर्षण भएको थियो ।

साथै सेयर बजारलाई व्यवस्थित गर्ने सन्दर्भमा दुवै पक्ष बीच गम्भीर छलफल भएको थियो । फोरमका तर्फबाट अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सेयर बजारलाई व्यवस्थित गर्ने तथा कार्यक्षेत्र विस्तार गर्ने सन्दर्भमा बैंकलाई ब्रोकरेज सेवाको अवसर दिनुपर्ने, शेयर कर्जालाई बैंक तथाबित्तिय संस्थाहरुले लगानीको एउटा क्षेत्रको रुपमालिई सोही बमोजिम लगानी विस्तार गर्नुपर्ने, सेयर कर्जालाई अतिरिक्त तरलता ब्यबस्थापन गर्ने क्षेत्रको रुपमा नलिई लगानीको एउटा सुरक्षित तथा पुँजीनिर्माणको आधार क्षेत्रको रुपमा लिनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै उनले शेयर कर्जामा सबै भन्दा बढी १५० प्रतिशतको जोखिमभारितमा राख्ने व्यवस्थालाई तत्काल १०० मा ल्याउनको लागि संयुक्त रुपमा पहल गर्ने, ऋण लिई सकेपछि सुचिकृत कम्पनीहरुले प्रदान गर्ने बोनश तथा हकप्रद शेयर रोक्का नै रहेको अबस्थामा मूल्यांकनको आधार बुक क्लोज हुने दिन कायम रहेको मूल्यलाई मानी सोहीअनुसार मात्र मार्जिन कल गर्नुपर्ने कुराहरु राखेका थिए ।

साथै विगत केही दिन यता विभिन्न व्यक्ति तथा संस्थाहरुले पुँजीबजारका बारेमा सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रममा पार्ने उद्देश्यले विभिन्न नकारात्मक टिकाटिप्पणी तथा विश्लेषण गरी पुँजी बजारलाई धराशायी बनाउने काम भैरहेकोमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

सर्वसाधारण लगानी कर्ताहरुलाई यस्ता भ्रमको पछि नलागी विवेकपूर्ण ढंगले लगानीको निर्णय गर्न पनि आग्रह गरिएको थियो । सर्वसाधारणको लगानी डुबाउने भ्रमपूर्ण तथा तथ्यहीन त्यस्ता टिकाटिप्पणी प्रकाशन, प्रसारण र प्रवाहगम्भीर अपराध भएकोले त्यस्तो पक्षलाई कडा कार्बाहीगर्न पनि सम्वन्धित निकायसँग आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार